Kathmandu Press

पाकिस्तानमा युवती अपहरणको विरोधमा हिन्दु समुदायको प्रदर्शन

इस्लामाबाद, असार ३१ : पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती...
पाकिस्तानमा युवती अपहरणको विरोधमा हिन्दु समुदायको प्रदर्शन

इस्लामाबाद, असार ३१ : पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको  आरोपमा विरोध प्रदर्शन गरेका छन्।

अपहृत युवती करीना नामकी हिन्दु युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनोका परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्लामा अपहरण गरेका थिए। प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्वराष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए।

Hardik ivf

स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै मीर मोहम्मद जोनो गाउँका खलील रहमान जोनोसँग भागेर कराचीको अदालतमा विवाह गरेको बताएको छ।

प्रहरीका अनुसार सुन्दरमलले दिएको उजुरीको आधारमा खलीलका बुबा असगर जोनोलाई धारा ३६५ बी बमोजिम एफआइआर दर्ता गरेपछि पक्राउ गरिएको हो।

एसएसपीले करीना र खलील रहमान जोनोको विवाह दर्ता प्रमाणपत्र सार्वजनिक गरी युवतीलाई सिन्ध उच्च अदालतमा पेश गरिने बताएका छन्। युवतीले आफूले चाहेको  निर्णय गर्न सक्ने उनले बताएका छन्।

हिन्दु पञ्चायतका उपाध्यक्ष लाजपत राईले एसएसपीको उक्त दाबी अस्वीकार गर्दै हिन्दु समुदायको प्रतिनिधिमण्डलले एसएसपीलाई भेटेको बताए तर उनले आफूहरूलाई सहयोग नगरेको बताएका छन्।

यस वर्षको शुरुमा पाकिस्तानको सिन्ध प्रान्तमा एक हिन्दु केटी पूजा कुमारीको उनको घरमा एक व्यक्तिले हत्या गरेको घटना सार्वजनिक बएको थियो। पूजा कुमारीले आक्रमणकारीसँग प्रतिरोध गरेपछि सुक्करमा गोली हानिएको थियो। उक्त घटनाको देशका विभिन्न मानवअधिकार सङ्गठनहरूले चर्को प्रतिक्रिया दिएका छन्।

पाकिस्तानमा महिला, अल्पसङ्ख्यक, बालबालिका र सञ्चारकर्मीहरू माथि विभिन्न दमन र अधिकार उल्लङ्घनका घटनाहरू बढेको पाइएको छ।

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्