Kathmandu Press

भीमदत्त नगरपालिकाद्वारा रेडक्रसलाई तीन लाख सहयोग

काठमाडौं, मंसिर २ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई रु तीन लाख अनुदान सहयोग गरेको छ ।

न....

भीमदत्त नगरपालिकाद्वारा रेडक्रसलाई तीन लाख सहयोग

काठमाडौं, मंसिर २ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई रु तीन लाख अनुदान सहयोग गरेको छ ।

नगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित गर्न चालु आर्थिक वर्ष २०७६/७७ मा अनुदानस्वरुप उक्त सहयोग गरेको हो । उक्त चेक भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले हस्तान्तरण गरे । नगरको विकास र स्मृद्धिका लागि साझेदारी तथा सहकार्य गर्न नगरपालिका सदैव तयार रहेको उनले बताए ।

Hardik ivf

“गत वर्षदेखि हामीले रेडक्रसलाई आर्थिक अनुदान दिन थालेका हौँ”, उनले भने, “अन्य विषयमा पनि सहकार्य गरी नगर क्षेत्रमा काम गरेका छौँ ।”कार्यक्रममा रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका सभापति टेकराज उप्रेतीले जिल्लामा अहिलेसम्म रक्त सङ्कलनमा कमी नआएको बताए ।

“अहिलेसम्म बिरामीलाई निराश बनाएर फर्काउनु परेको छैन”, उप्रेतीले भने, “नगर क्षेत्रका गरीब, असहाय र विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्दै आएको छ ।” 

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, मंसिर २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्