Kathmandu Press

प्रतिनिधिसभाको अर्को बैठक साउन ४ गते बुधबार बस्ने

काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको अर्को बैठक अब पाँच दिनपछि बस्ने भएको छ।सभामुख अग्निप्रसाद सापकोटाले आगामी बुधबार (साउन ४ गते) बिहान ११ बजेका...
प्रतिनिधिसभाको अर्को बैठक साउन ४ गते बुधबार बस्ने

काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको अर्को बैठक अब पाँच दिनपछि बस्ने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले आगामी बुधबार (साउन ४ गते) बिहान ११ बजेका लागि अर्को बैठक बोलाएका हुन्। आज (शुक्रबार) प्रतिनिधिसभा बैठक दुई चरणमा बसेकाे थियाे।

पहिलो बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो।    

दोस्रो चरणमा बसेको बैठकमा प्रतिनिधिसभाको रिक्त उपसभामुख चयनका लागि निर्वाचन गरेको थियो। जसमा कांग्रेस नेत्री पुष्पा भुसाल १४८ मत ल्याई उपसभामुखमा विजयी भएकी हुन्। २४२ मत खस्दा उनले बहुमत ल्याएकी हुन्।

 

 

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, असार ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्