वाम गठबन्धन काग र कोइली जस्तो : सिटौला
गलकोट, मंसिर २ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन्।
बागलुङको पश्चिम क्षेत्र नि....

गलकोट, मंसिर २ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन्।
बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा सोमबार भएको कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दे सिटौलाले संघीयता कार्यान्वयन गर्ने नेकपा र संघीयता चाहिँदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको आरोप लगाए।
बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्ना कार्यकर्ताको मर्म विपरीतको कार्य गरेको भन्दै कांग्रेसले खबरदारी गर्ने बताए।
सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुट्नका लागि आग्रह गरे।










