बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

काठमाडाैं, असार ३१ : भारत सरकारले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ।
शुक्रबार सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई ३ हजार टेन्ट र १० रबरबोट सहयोग हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरे। नेपाल र भारतबीच सरकार-सरकार मात्रै नभएर जनता-जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताए।
गृहमन्त्री खाणले विपद्को बेला भारत सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे। समारोहमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल-भारत सम्बन्ध अझै प्रगाढ बनाउने कोसिस रहने प्रतिबद्धता जनाए।
राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास दिलाए।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

