Kathmandu Press

रवि लामिछाने र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं, असार ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ।आफ्नो पार्टीको सुनसरी भेलाका लागि...
रवि लामिछाने र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं, असार ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ।

आफ्नो पार्टीको सुनसरी भेलाका लागि धरान पुगेका लामिछाने आज (शुक्रबार) साम्पाङलाई उनकै कार्यालय पुगेर भेट गरेका हुन्। सो भेटमा लामिछानेले हर्कलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन्।

Hardik ivf

लामिछानेले साम्पाङसँग आफूलाइृ पनि श्रमदानमा सहभागी हुने मन रहेको तर समयको अभावले नसकिएको बताएका थिए।

उनले जनताले राम्रो कामको अपेक्षा गरेकाले सबैको मन जितेर काम गर्न सुझाव दिएको पनि बताइएको छ। आफूहरुबीच सहकार्य जारी रहने पनि लामिछानेले बताएका थिए।

साम्पाङ वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा धरान उपमहानगर मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका हुन्। लामिछानेले पनि पत्रकारिता छाडेर केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्। 

पार्टी भेलाका सिलसिलामा लामिछाने अहिले पूर्वी नेपालमा छन्। 

प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्