Kathmandu Press

अमेरिकामा एक हजारभन्दा बढीमा मंकीपक्स सङ्क्रमण पुष्टि

वासिङ्टन, असार ३१ : संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी बिरामीमा मंकीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा...
अमेरिकामा एक हजारभन्दा बढीमा मंकीपक्स सङ्क्रमण पुष्टि

वासिङ्टन, असार ३१ : संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी बिरामीमा मंकीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ। 

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को पछिल्लो तथ्यांकअनुसार  क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मंकीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ। त्यसैगरी न्युयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग सङ्क्रमण पुष्टि भएको सिडिसीले उल्लेख गरेको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्यांकअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को १ लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा मंगलबारसम्म लगाइएको छ ।

विशेषज्ञहरूको भनाइअनुसार सङ्क्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मङ्कीपक्सको खोपको अभाव देखिएको छ।

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, असार ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्