Kathmandu Press

‘दि कर्मा’को फष्ट लुक्स सार्वजनिक

काठमाडाैं, मंसिर २ : नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल पोस्टर रिलिज भएको छ। माघ १७ गतेलाई रिलिज मिति तोक्दै प्रचारप्रसारको पहिलो सा....

‘दि कर्मा’को फष्ट लुक्स सार्वजनिक

काठमाडाैं, मंसिर २ : नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल पोस्टर रिलिज भएको छ। माघ १७ गतेलाई रिलिज मिति तोक्दै प्रचारप्रसारको पहिलो सामग्री स्वरुप पोस्टर रिलिज गरिएको निर्माता जयराज रायले बताए।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्। जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा'को कथा निर्माता जयराज राय आफैँले लेखेका हुन्। रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यो चलचित्रमा शारदा खड्का अर्याल सहनिर्माताको रुपमा छन् ।

Hardik ivf

भारतीय कलाकारको अभिनयका कारण पनि यो चलचित्रलाई चासोको रुपमा लिइएको छ। चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो। भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय छ। ‘दि कर्मा’को पटकथा तथा संवाद सुशिल पोखरेलको रहेको छ। 

नेपाल रिलिजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र रिलिज हुने बताइएको छ। हिमालयन बिजनेस ग्रुपले अष्ट्रेलियामा रिलिज गर्ने बताइएको छ भने एभरेष्ट बिजनेश ग्रुपले दक्षिण कोरियामा रिलिज गर्नेछ। त्यसैगरी जापान, हङकङ, थाइल्याण्ड, म्यानमार, मलेसिया, विभिन्न खाडी मुलुकहरुमा रिलिजपछि अमेरिका, बेलायत तथा यूरोपमा विभिन्न मुलुकहरुमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए।

प्रकाशित मिति: १७:३५ बजे, सोमबार, मंसिर २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्