Kathmandu Press

वर्षापछिका घटनाका कारण पाकिस्तानमा एक महिनामा १६५ को मृत्यु

इस्लामावाद, असार ३० : पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा १६५ जनाको मृत्यु भएको छ। वर्षापछिको बाढी पहिरो र त्यस...
वर्षापछिका घटनाका कारण पाकिस्तानमा एक महिनामा १६५ को मृत्यु

इस्लामावाद, असार ३० : पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा १६५ जनाको मृत्यु भएको छ। वर्षापछिको बाढी पहिरो र त्यस सम्बन्धी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

ती घटनाहरुमा परी अरु १७१ जना घाइते पनि भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले बिहीबार जनाएको छ। देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बालुचिस्तान प्रान्तमा मात्रै ६५ जनाको मृत्यु भएको र ४९ जना घाइते भएको विवरण छ।

Hardik ivf

वर्षाका कारण मानवीय क्षतीसँगै भौतीक संरचनाहरुमा समेत ठूलो क्षती भएको छ। कतिपय सेवा पनि अवरुद्ध भएको जनाइएको छ। वर्षाले धेरै क्षती गर्न थालेपछि बालुचिस्तान प्रदेश सरकारले मङ्गलबारदेखि एक महिनाका लागि धारा १४४ लागू गरिएको छ। धारा १४४ मा नदीको छेउछाउ, जङ्गल, तलाउ लगायतका क्षेत्रमा बनभोज जान निषेध गरिएको छ।

अन्य प्रदेशमा पनि बाढी पहिरो लगायतका घटनामा परी धेरैको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०:३६ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्