Kathmandu Press

सरोकार पक्षसँग सुझाव लिँदै सहरी विकासमन्त्री चौधरी

काठमाडाैं, असार ३० : सहरी विकासमन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त सहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी...
सरोकार पक्षसँग सुझाव लिँदै सहरी विकासमन्त्री चौधरी

काठमाडाैं, असार ३० : सहरी विकासमन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त सहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी सुझाव लिन थालेका छन। सोही क्रममा मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौँको साँखुस्थित भगवती माविका विद्यार्थीसँग सुझाव तथा राय लिने कार्यक्रम तय भएको उनका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए।

प्राप्त सुझावकै आधारमा कार्यशैली र कार्ययोजनामा सुधार गर्दै अल्पकालीन तथा दीर्घकालीन योजना बनाउँदै सुन्दर सहर निर्माणको लक्ष्य हासिल गर्न सकिने सोचका साथ मन्त्री चौधरीले यस्ता कार्यक्रम तय गरेकाे जनाइएको छ।

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्