Kathmandu Press

‘कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

‘कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

कर्णाली, असार ३० : मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन। वीरेन्द्रनगरमा आज ‘गोरेटो बार एण्ड रेष्टुराँ’ को उद्घाटन गर्दै उनले निजी क्षेत्रको विकासले प्रदेशको समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री शाहीले ‘हाई क्वालिटी’का बार/रेष्टुराँले यहाँ आउने पर्यटकलाई आरामदायी वातावरणको महसुस गर्न सक्ने बताए। 'अहिले पनि कर्णाली आउने जो कोही व्यक्तिले वीरेन्द्रनगरमा राम्रो होटेल रेष्टुराँ छैन भनेर गुनासो गरेको सुनिन्छ,' उनले भने, 'यस्ता सुविधासम्पन्न होटल खुल्दा स्वयं लगानीकर्ता व्यवसायी मात्र मुनाफा नभई समग्र प्रदेशको विकासमा धेरै मद्दत पुग्दछ।' नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष निरक केसीले सुविधासम्पन्न होटल रेष्टुराँले कर्णालीको पर्यटन विकासका साथै रोजगारीका अवसर सिर्जना हुने धारणा राखे।

कांग्रेसका जिल्ला नेता हरि विष्ट र पत्रकार ज्योति कटुवालले करिब रु तीन करोड लगानीमा उक्त बार सञ्चालनमा ल्याएका हुन। बारका सञ्चालक विष्टले १५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको र सुविधा थप विस्तार गर्दै जाने जानकारी दिए। उक्त अवसरमा मुख्यमन्त्री शाहीले समाजसेवी जयन्ती थापालाई सम्मान गरेका थिए।

प्रकाशित मिति: १९:४१ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्