Kathmandu Press

पाकिस्तानमा जुन महिनामा १५७ महिला अपहरित

पाकिस्तानमा जुन महिनामा १५७ महिला अपहरित

इस्लामावाद, असार ३० : पाकिस्तानमा जुन महिनामा १५७ जना महिला अपहरित भएका छन्।

सोही अवधिमा ९१ महिलामाथि बलात्कार भएको विवरण पनि हालै सार्वजनिक भएको एक प्रतिवेदनमा उल्लेख छ।

दिगो सामाजिक विकास सङ्गठन (एसएसडिओ) र अनुसन्धान, विकास र सञ्चार केन्द्रले तयार पारेको प्रतिवेदनमा महिला विरुद्धका हिंसा बढेको देखिएको छ।

हिंसाको अवस्था र सङ्ख्याको गुणात्मकता नकारात्मक भएको देखिएको छ, प्रतिवेदनमा लेखिएको छ।

जुन महिना भरीमा १८० बालबालिकामा यौनजन्य तथा भौतिक हिंसाका घटना भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

बालबालिका माथि भएका ९३ दुर्व्यवहारका घटना मध्ये ६४ ओटा अपहरणका घटना र ३७ ओटा भौतिक आक्रमणका घटना भएको जनाइएको छ।

प्रकाशित मिति: १९:३० बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्