Kathmandu Press

काबुलमा धर्मगुरूको गाेली हानी हत्या

काबुल, असार ३० : अफगानिस्तानको राजधानी काबुलमा बुधबार एक धार्मिक अध्येताको गोली हानी हत्या गरिएको छ।स्थानीय स्रोतले बिहीबार दिएको जानकारी अनुसार उनलाई अज्ञात...
काबुलमा धर्मगुरूको गाेली हानी हत्या

काबुल, असार ३० : अफगानिस्तानको राजधानी काबुलमा बुधबार एक धार्मिक अध्येताको गोली हानी हत्या गरिएको छ।

स्थानीय स्रोतले बिहीबार दिएको जानकारी अनुसार उनलाई अज्ञात सशस्त्र समूहको एक जत्थाले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आक्रमणकारी सशस्त्र समूहले धर्मगुरू शेख सरदार वली साकिबलाई आक्रमण गरेको र फरार रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन्।

काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले घटनाको पुष्टि गर्दै प्रहरीले उक्त घटनाबारे अनुसन्धान शुरु गरेको जनाएका छन।

स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार नै पूर्वी लोगर प्रान्तमा पनि अज्ञात सशस्त्र समूहले चार जनालाई एक बेकरीमा बसिरहेका समय गोली हानी हत्या गरेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन्।

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्