Kathmandu Press

साउन २ गतेदेखि पशुपतिमा अतिरुद्री महायज्ञ हुँदै

काठमाडौं, असार ३० : आगामी साउनमा पशुपतिनाथ मन्दिर परिसरमा अभिषेकात्मक अति महायज्ञ शुरु हुँदैछ।आज पत्रकार सम्मेलन गरेर साउन २ देखि १० गतेसम्म अतिरुद्री...
साउन २ गतेदेखि पशुपतिमा अतिरुद्री महायज्ञ हुँदै

काठमाडौं, असार ३० : आगामी साउनमा पशुपतिनाथ मन्दिर परिसरमा अभिषेकात्मक अति महायज्ञ शुरु हुँदैछ।

आज पत्रकार सम्मेलन गरेर साउन २ देखि १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिइएको हो। महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, थिमि, भक्तपुरको आयोजनामा हुने जनाइएको हो । पत्रकार सम्मेलनमा क्यानडाबाट आएका डा.  गोबिन्द दाहालले आफू २५ वर्ष अगाडि सुखसयलको लागि विदेशिएको बताए। विभिन्न स्थान र कार्यालयमा काम गर्ने क्रममा आफूलाई टाउको दुख्ने रोग लागेको पनि उनले सुनाए।

Hardik ivf

निरन्तर दुख्ने टाउकोको उपचारको क्रममा योग र ध्यानबारे जानकारी पाएको भन्दै उनले योग र ध्यानले नै १५ वर्षे लामो टाउको दुख्ने समस्या निको भएको दाबी गरे।उनले भने, ‘नेपालमा आएर चिकित्सकहरुको सल्लाहअनुसार योग र ध्यानबाट १५ वर्षसम्म दुखेको टाउको निको भयो।’ ध्यानबाट नै सुख, समृद्धि र आनन्द प्राप्त गर्ने उनले सुनाए।

गुरुले दिने ध्यानको ज्ञानले नै जीवन परिवर्तन हुने बताए। अमेरिकामै पनि पूर्वीय सभ्यताको पछिल्लो समयमा निकै खोजी भइरहेको उनले सुनाए। जो जहाँ बसेपनि मानिसको अन्तिम लक्ष्य भनेकै आफ्नो देशको संस्कार र आध्यात्मिक चिन्तन रहेको उनको भनाई छ।


 

प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्