Kathmandu Press

विपद् प्रतिकार्यका लागि तयार रहन मुख्यमन्त्रीको निर्देशन

विपद् प्रतिकार्यका लागि तयार रहन मुख्यमन्त्रीको निर्देशन

रूपन्देही, असार ३० : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सबैखाले विपद्लाई सामना गर्ने गरी तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन। बुटवलमा आज आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उनले विपद्ले निम्त्याउने जोखिमप्रति सचेत भई प्रतिकार्यका लागि आवश्यक तयारी गर्न निर्देशन दिए। उनले लुम्बिनी प्रदेशभित्रका आम नागरिकलाई सुरक्षित राख्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए।

बैठकमा लुम्बिनी प्रदेशभित्रका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति, सुरक्षा र विपद्को अवस्थाबारे रिपोर्टिङ गरेका थिए। बैठकले रोल्पा र गुल्मी क्षेत्रका पहिरो पीडितलाई प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने ३० प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए।

प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्