खानेपानी आयोजनाका लागि बजेट अभाव हुँदैन : वरिष्ठ नेता पौडेल
दमाैली, असार ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन खानेपानी आयोजनामा बजेट अभाव नहुने बताएका छन। तनहुँको व्यास नगरपालिका–१३ स्थित छाब्दी...
दमाैली, असार ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन खानेपानी आयोजनामा बजेट अभाव नहुने बताएका छन। तनहुँको व्यास नगरपालिका–१३ स्थित छाब्दी पम्पिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माण कार्यको आज निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले आयोजनामा बजेट अभाव हुन नदिने उल्लेख गरे। निर्धारित समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै पौडेलले आवश्यक परेको खण्डमा सङ्घीय र प्रदेश सरकारबाट बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे।
कांग्रेसको नेतृत्वमा विकास निर्माणको कामले तीव्रता पाएको बताउँदै नेता पौडेलले आगामी दिनमा यस क्षेत्रको विकासमा आफ्नो सदैव सहयोग रहने बताए। निरीक्षणका क्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका–१३ का वडाध्यक्ष बसन्तबहादुर आलेको सहभागिता थियो।
गण्डकी प्रदेश सरकारको पाँच करोड लागतमा ट्याङ्की निर्माण भइरहेको छ। क्रमागत योजनाअन्तर्गत हालसम्म तीन करोड बजेट प्राप्त भएको छ। ७० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष भरत थापाले जानकारी दिए। ट्याङ्की निर्माणपश्चात् पोखरीभञ्ज्याङका सात सय घरधुरीमा पानी वितरण गर्ने तयारी छ। त्यसका लागि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ।












