Kathmandu Press

विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ पक्राउ

काठमाडाैं, असार ३० : नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआइबी) ले २०७४ सालमा एक...
विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ पक्राउ

काठमाडाैं, असार ३० : नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआइबी) ले २०७४ सालमा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलंकीबाट पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु. ६ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा ६ वर्ष कैद र रु. ६ लाख जरिवना ठहर गरेकामा फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको उनले बताए।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्