Kathmandu Press

विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी

विराटनगर, असार ३० : विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ।आज (बिहीबार) मध्याह्रन १२ बजे रेस्टुरेन्टमा आगलागी भएको प्रहरीले बताएको छ।आगलागीका कारण...
विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी

विराटनगर, असार ३० : विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ।

आज (बिहीबार) मध्याह्रन १२ बजे रेस्टुरेन्टमा आगलागी भएको प्रहरीले बताएको छ।

आगलागीका कारण ईश्वर बास्कोटा सञ्चालक रहेकाे रेस्टुरेन्ट पूर्ण रूपमा जलेको प्रहरीकाे भनाइ छ।

महानगरका दुई दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। ग्यास सिलिन्डर लिकेज भएर आगलागी भएको हुन सक्ने प्रहरी अनुमान छ।

आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्