Kathmandu Press

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको स्वागत

काठमाडाैं, असार ३० : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको स्वागत गरेको छ।संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदबाट पारित स्वास्थ्यकर्मी...
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको स्वागत

काठमाडाैं, असार ३० : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको स्वागत गरेको छ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदबाट पारित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐनले चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गरेको भन्दै स्वागत गरेको हो।

संघले ऐन पारित भएसँगै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई विधि र विधान बमोजिम कानुनसम्मत तवरबाट सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा लोचन कार्कीले ऐन निर्माणमा संघले दिएको सुझावलाई सरकारले मनन गर्नु सकारात्मक बिषय भएको बताउनुभयो । उहाले ऐन पास गर्न पहल  गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे।

पत्रकार सम्मेलनमा संघका पूर्वपदाधिकारहरुले सरकारले ल्याएको नयाँ ऐनको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए।

संघले नेपालका चिकित्सकहरुको सुरक्षा र स्वास्थ्य संस्था तथा अस्पतालहरुमा शान्ति सुरक्षा कायम राख्नका लागि अनेकौं प्रयासहरु जारी राखेको जनाएको छ। 

प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्