Kathmandu Press

संकट बढ्दै गएपछि श्रीलंकाको संसद् नजिकै सेनाका ट्यांकहरू तैनाथ

काेलम्बाे, असार ३० : श्रीलंकाको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्यांकहरू तैनाथ गरेको छ  । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको...
संकट बढ्दै गएपछि श्रीलंकाको संसद् नजिकै सेनाका ट्यांकहरू तैनाथ

काेलम्बाे, असार ३० : श्रीलंकाको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्यांकहरू तैनाथ गरेको छ  । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्यांक तैनाथ गरिएको  बताइएको छ।

श्रीलंकाको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारिहरूले बुधबार आक्रमण गरेका छन्।  अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक संकटमा परेको छ।  जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबरजस्ती प्रवेश गरेर विरोध जनाएका थिए।

आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजिनामाको माग गरेका थिए। देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षे र उनकी श्रीमतीले आज साउदी अरेबियाको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन्।

अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले श्रीलङ्का इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ। बढ्दो मुद्रास्फीतिका कारण  देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।

अर्को सूचना नभएसम्मका लागि सरकारी कार्यालयहरू बन्द गरिएकाे छ। घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको  हो।

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्