Kathmandu Press

पछि हटे श्रीलंकाली प्रदर्शनकारी

काेलम्बाे, असार ३० : राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन्।राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुई...
पछि हटे श्रीलंकाली प्रदर्शनकारी

काेलम्बाे, असार ३० : राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन्।

राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुई जना अंगरक्षकका साथ देशबाट बाहिरिएपछि नयाँ सरकारसमक्ष आफ्ना माग पुर्‍याउन उनीहरू ती भवनबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्। 

Hardik ivf

राष्ट्रपति गोटाबाया राजीनामापत्रमा हस्ताक्षर नगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपति बनाएर देशबाट बाहिरिएपछिको परिस्थितिमा समस्याको समाधान संसद्बाट खोज्ने उद्देश्यले सरकारी निवास खाली गर्ने निष्कर्षमा आफूहरू पुगेको प्रदर्शनको नेतृत्व गरिरहेका देविन्द कोडागोडेले बताए।

सभामुखले पनि समस्याको निकास संसद्बाट खोज्ने प्रयास भइरहेको बताएका छन्। 

वायुसेनाको विमानमा मालदिभ्स पुगेका गोटावाया साउदी एयरलाइन्स चढेर सिङ्गापुर हुँदै साउदी अरबको जेद्दातर्फ लागेका मालदिभ्स सरकारका एक अधिकारीले बताएका छन्।

आक्रोशित प्रदर्शनकारीबाट संसद् भवनलाई जोगाउन त्यहाँ भारीमात्रामा सुरक्षाफौज परिचालन गरिएको छ । हातहतियारले सुसज्जित सैन्यटोली बख्तरबन्द गाडीका साथ संसद् भवन बाहिर तैनाथ भएका छन्। 

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्