Kathmandu Press

बाग्मती प्रदेशमा ६ आयोजना सम्पन्न

हेटौंडा, असार ३० : बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको...
बाग्मती प्रदेशमा ६ आयोजना सम्पन्न

हेटौंडा, असार ३० : बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ। ६५ करोड ४७ लाख ६७ हजार २३५ को लागतमा प्रदेशको १ वटा पक्की पुल, ४ वटा झोलुङ्गे पुल र १५।५ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भएको हो।

हेटौँडाको राप्ती नदीमा हेटौँडा ११ र १२ नम्बर वडा जोड्ने पुल समयभन्दा तीन महिना अगाडि नै निर्मण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त पुल २७ करोड ४६ लाख २० अजार २३३ रुपैयाँको लागतमा सम्पन्न भएको निर्देशनालयले जनाएको छ। 

यसैगरी मकवानपुरकै भीमफेदी कुलेखानी १५।५ किलोमिटर सडक खण्ड पनि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त सडक खण्डको लागत रकम रु ३५ करोड ३० लाख ६१ हजार ७८७ रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए। 

यसैगरी निर्देशनालयले ४ वटा झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न गरेको छ। नुवाकोटको बेसीकठेरीमा तादी पाँच र पञ्चकन्या दुई जोड्ने झोलुङगे पुलको लागत एक करोड ५० लाख ७७ हजार ५८२ रहेको प्रवक्ता ओझाले जनाए । यस्तै नुवाकोटकै टुप्तेश्वर ३ र ४ जोड्ने बिमिरे माझगाऊँ झोलुङगे पुल रु ६४ लाख ८३ हजार १९० मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको उनले बताए। 

मकवानपुरको भीमफेदी ८ ईपा खोलामा रु ७६ लाख ३५ हजार ३११ को लागतमा झोलुङगे पुल निर्माण सम्पन्न भएको उनको भनाइ छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ मा रु ५५ लाख २४ हजार ४४३ को लागतमा झोलुङगे पुल निर्माण सम्पन्न भएर प्रयोगमा आएको प्रवक्ता ओझाले जानकारी दिए। 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्