Kathmandu Press

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिंगापुर प्रस्थान

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिंगापुर प्रस्थान

काेलम्बाे, असार ३० : श्रीलंकामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन्।

राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ। यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि  डेली मिररले बताएको छ।    

राजापाक्षे,  श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू हिजो राति मालेबाट सिङ्गापुरका लागि सिङ्गापुर एयरलाइन्सको विमान चढ्ने तयारीमा थिए तर सुरक्षा चिन्ताका कारण सो कार्यक्रम स्थगित भएको थियो। 

७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए। विकसित घटनाक्रमलाई सहजरूपमा सम्बोधन गर्न नसकेपछि उनले बुधबार राजीनामा बुझाउने घोषणा गरेका थिए।

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्