Kathmandu Press

ड्युटीमा नजाने चिकित्सकलाई कारबाही

चितवन, असार ३० : भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ। गत आइतबार बिहान रासस बुलेटिनमा ‘भरतपुर अस्पताल ः २४ घण्टासम्म ड्युटीका...
ड्युटीमा नजाने चिकित्सकलाई कारबाही

चितवन, असार ३० : भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ। 

गत आइतबार बिहान रासस बुलेटिनमा ‘भरतपुर अस्पताल ः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा..’ शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा ऋतुराज तिवारीलाई कारबाही गरिएको हो । उहाँलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भङ्ग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए। 
 
विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गरे पनि साँझ नगएपछि बिरामीका कुरुवाले गुनासो गरेका थिए। तत्कालै समाचार प्रकाशित भएपछि प्रमुख पौडेल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सम्बद्ध चिकित्सकलाई कारबाही गरिने बताएका थिए। 
 
भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ ६०० शय्या छन् । चितवनसहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । चिकित्सक र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा बिरामी तथा नितका आफन्तले हैरानी व्यहोर्नु व्यहोर्दै आएका थिए। (रासस) 

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्