क्यानडामा ४७७ जनामा मंकीपक्स संक्रमण
ओटावा, असार ३० : क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधबारसम्म देशमा कुल ४७७ जना मंकीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ।एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६,...
ओटावा, असार ३० : क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधबारसम्म देशमा कुल ४७७ जना मंकीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ।
एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिस कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ।
राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मंकीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको छ। मंकीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जंगली भागहरूमा बढ्ता पाइएको बताइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ।
प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












