Kathmandu Press

श्रीलंकामा देशव्यापी निषेधाज्ञा

काेलम्बाे, असार ३० : श्रीलंकका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कर्फ्यु) घोषणा गरेका छन् ।बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त उनले पद सम्हाल्नेबित्तिकै देशव्यापी निषेधाज्ञा...
श्रीलंकामा देशव्यापी निषेधाज्ञा

काेलम्बाे, असार ३० : श्रीलंकका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कर्फ्यु) घोषणा गरेका छन् ।

बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त उनले पद सम्हाल्नेबित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन्। निषेधाज्ञा लागू भएसँगै श्रीलंकालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनेछैनन्।

बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए। बुधबार नै  सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए। 

गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन्।

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्