Kathmandu Press

कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

भीमदत्त, असार २९ : भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन्। निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै...
कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट
Hardik ivf

भीमदत्त, असार २९ : भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन्। 

निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन्। 
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ। प्रहरीले घटना बारे अनुसन्धान थालेको छ। 

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्