Kathmandu Press

लालबन्दीमा ऐलानी जग्गाको नापजाँच थालियो

काठमाडौं, असार ३० : सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ। लालबन्दी नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको लालबन्दी...
लालबन्दीमा ऐलानी जग्गाको नापजाँच थालियो

काठमाडौं, असार ३० : सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ। लालबन्दी नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष एवं लालबन्दी नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए। 

नगर प्रमुख वासुदेव अधिकारीलगायत जनप्रतिनिधि र नगर पालिकाका कर्माचारीका साथै सम्बन्धित कार्यालयका कर्माचारीको उपस्थितिमा लालबन्दी नगरपालिका–१० बाट ऐलानी जग्गाको नापजाँचको काम सुरु गरिएको हो। राष्ट्रिय 

Hardik ivf

भूमि आयोग जिल्ला समितिले नगरका सबै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कार्य सम्पन्न गर्ने लक्ष्य र उद्देश्यअनुरूप काम थालेको भूमि आयोग लालबन्दी सेवा केन्द्रका सहायक चेतबहादुर मगरले जानकारी दिए।

आगामी मङ्सिर पहिलो साताभित्र सबै किसिमका जमिनका समस्या समाधान गरी  जग्गा धनी प्रमाणपुर्जा उपलब्ध गराउने लक्ष्य रहेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्लेले बताए। 

प्रकाशित मिति: ११:२५ बजे, बिहीबार, असार ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्