Kathmandu Press

काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

काठमाडौं, असार ३० : काठमाडौंमा गएराति चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्।काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाले आक्रमण गरेको...
काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

काठमाडौं, असार ३० : काठमाडौंमा गएराति चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्।

काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाले आक्रमण गरेको हो। राति १ बजे हर्साखोलाका पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घरभित्र पसेको चितुवाले आक्रमण गर्दा पञ्चकुमारको परिवारका पाँच जना घाइते भएका छन्।

उनीहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घाइते पाँचै जनाको अवस्था सामान्य रहेको एसपी मैनालीले बताए।

प्रकाशित मिति: ०८:२१ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्