Kathmandu Press

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी, असार ३० : नुहाउने क्रममा पोखरीमा डुबेर सप्तरीमा दुई बालिकाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार नुहाउने क्रममा पोखरीमा डुबेर सप्तरीको...
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी, असार ३० : नुहाउने क्रममा पोखरीमा डुबेर सप्तरीमा दुई बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार नुहाउने क्रममा पोखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ की १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाको मृत्यु भएको हो।

Hardik ivf

सात जना बालिकासँगै उनीहरु स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएका थिए। नुहाउने क्रममा रजनी र सेन्द्री डुबेका स्थानीय बासिन्दाले बताए।

सेन्द्रीको पोखरीमा ज्यान गएको हो। त्यस्तै, रजनीको कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्