सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
सुनसरी, असार ३० : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गएराति दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल...
सुनसरी, असार ३० : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गएराति दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको टाटा सुमोले पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सुमोका चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ०७:४९ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












