Kathmandu Press

पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा, असार ३०ः लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ।वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि...
पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा, असार ३०ः लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ।

वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो। अम्कोटको पहिरोले थप समस्या भएको छ।

Hardik ivf

तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ।

पहिरो पन्छ्याउनका लागि नेपाल प्रहरीको टोली खटाएको प्रहरी नायब उपरीक्षक थापाले बताए। हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ। वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्।

सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुँदै गएको छ।

प्रकाशित मिति: ०७:२९ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्