Kathmandu Press

शरद अरबिन्द बोब्डे भारतको प्रधानन्यायाधीश

नयाँदिल्ली, मंसिर २ : भारतको ४७औं प्रधान न्यायाधीश पदमा शरद अरबिन्द बोब्डे नियुक्त भएका छन्।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्....

शरद अरबिन्द बोब्डे भारतको प्रधानन्यायाधीश

नयाँदिल्ली, मंसिर २ : भारतको ४७औं प्रधान न्यायाधीश पदमा शरद अरबिन्द बोब्डे नियुक्त भएका छन्।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधानन्यायाधीशको पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रधानन्यायाधीश रन्जन गोगोईले अवकास लिएपछि बोब्डे प्रधानन्यायाधीश भएका हुन्। गोगोई करिब १३ महिना भारतको प्रधानन्यायाधीश भएका थिए।

बोब्डे सन् १९५६ मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मिएका हुन्। उनले नागपुर विश्वविद्यालयबाट कानुनमा एलएलबी र बिएसम्मको अध्ययन गरेका छन्।

भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गरेका उनले सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति पाएका थिए। बोब्डेले आगामी सन् २०२१ को अप्रिल १३ मा अवकाश पाउनेछन्।

प्रकाशित मिति: १४:३२ बजे, सोमबार, मंसिर २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्