Kathmandu Press

त्रिविका दुई विद्यार्थी नेता आमरण अनशनमा

काठमाडाैं, असार २९ : अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन। त्रिविमा देखिएको विकृति, विसङ्गति र...
त्रिविका दुई विद्यार्थी नेता आमरण अनशनमा

काठमाडाैं, असार २९ : अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन। त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक सुधारको माग राखी अनशन बसेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले बताए।

उनीहरु दुवै जना हिजो असार २८ गते दिउँसो २ बजेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनशन बसेका हुन। प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने, त्रिविका सबै सङ्कायको पाठ्यक्रम समयानुसार परिमार्जन गर्नुपर्ने, त्रिविमा देखिएका दुईखाले शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने, यस्तै त्रिविका पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुनुपर्नेलगायतका माग राखी अनशनमा उनीहरू बसेका हुन।

यसैबीच आमरण अनशनमा बसेका अध्यक्ष पराजुली बिरामी भएका छन। उपाध्यक्ष माधव पन्तका अनुसार उनमा उच्च रक्तचापलगायतका समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचारत रहेका छन।

प्रकाशित मिति: २०:३४ बजे, बुधबार, असार २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्