Kathmandu Press

श्रीलंकामा प्रदर्शनकारी सुरक्षा घेरा तोडी प्रधानमन्त्रीको कार्यालयमा प्रवेश, सरकारी टेलिभिजन बन्द

काेलम्बाे, असार २९ : बुधबार नै प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन्। उनीहरूले श्रीलङ्काको सङ्कट समाधान गर्न वर्तमान् सरकारले...
श्रीलंकामा प्रदर्शनकारी सुरक्षा घेरा तोडी प्रधानमन्त्रीको कार्यालयमा प्रवेश, सरकारी टेलिभिजन बन्द

काेलम्बाे, असार २९ : बुधबार नै प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन्। उनीहरूले श्रीलङ्काको सङ्कट समाधान गर्न वर्तमान् सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन्।

प्रधानमन्त्रीको कार्यालयमा सयौँको सङ्ख्यामा तैनाद शसस्त्र सुरक्षा फौजसँग लामो समय झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलङ्कास्थित सम्वाददाताले पुष्टि गरेका छन्।

Hardik ivf

प्रधानमन्त्रीको कार्यालयमा पुगेका प्रदर्शनकारीले श्रीलङ्काको सङ्कटको कारण राजापाक्ष परिवार र उनको प्रशासन रहेको भन्दै आफूहरूले आन्दोलन गरेको र राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नु आफ्नो सफलता भएको बताएका छन्।

यसैबीच, श्रीलङ्काको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ ।प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन्।

राजापाक्ष मालदिभ्सबाट बुधबार नै सिङ्गापुर जाने

श्रीलङ्काको वायुसेनाको विमानमार्फत् माल्दिभ्स पुग्नुभएका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष बुधबार सिङ्गापुर जाने उनी निकट स्रोतले जनाएको श्रीलङ्काको पत्रिका डेली मिररले जनाएको छ। उनी बुधबार बिहान राष्ट्रपतिको हैसियतमा रक्षा मन्त्रालयको स्वीकृतिमा श्रीलङ्काबाट माल्दिभ्सतर्फ गएका थिए।

जुलाई ९ मा प्रदर्शनकारीको भीडले राजापाक्षको निवासमा आक्रमण गरेपछि देशमा नै लुकेर बसिरहेका उनले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका थिए।

श्रीलङ्काले इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ र मुद्रास्फीति बढ्दै गएकोले स्वतन्त्रता पछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको छ।

प्रकाशित मिति: १९:२६ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्