Kathmandu Press

कोरोना सङ्क्रमण : भारतमा र दक्षिण कोरियामा बढ्दै

नयाँ दिल्ली, असार २९ : भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ। भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित...
कोरोना सङ्क्रमण : भारतमा र दक्षिण कोरियामा बढ्दै

नयाँ दिल्ली, असार २९ : भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ। भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि भएको हो। बितेका २४ घण्टामा १६ हजार नौसय छ जना सङ्क्रमित फेला परेका छन्।

हाल भारतमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको समाचारमा जनाइएको छ। यहाँ एक लाख ३२ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन्। यो कुल सङ्क्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १३ दिन यता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ।

Hardik ivf

पछिल्लो एक दिनमा १५ हजार ४४७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड ३० लाख ११ हजार ७४७ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.४९ प्रतिशत रहेको छ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ। कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय १९ जनाको मृत्यु भएको छ। मङ्गलबार चार लाख ५९ हजार ३०२ कोरोना परीक्षण गरिएको थियो। यस महामारी शुरु भएयता हालसम्म ८६ करोड ७७ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड १२ लाख ७९ हजार १० मात्रा खोप लगाइएको छ।

यसैबीच दक्षिण कोरियामा मङ्गलबार ४० हजार २६६ जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। योसँगै दक्षिण कोरियामा एक करोड ८६ लाख २ हजार १०९ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको  छ।

अघिल्लो दिनको तुलनामा आज दुई हजार ९०६ जना बढेको जनाइएको छ। कोरोना सङ्क्रमणबाट हिजो  बाह्र जनाको मृत्यु भएको थियो। कोरोनाका कारण हालसम्म २४ हजार ६८० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्