Kathmandu Press

बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेशलाई स्वीकृति प्रदान

बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेशलाई स्वीकृति प्रदान

मकवानपुर, असार २९ : बागतमी प्रदेशसभाको आजको बैठकले पाँचवटा अध्यादेशलाई स्वीकृति प्रदान गरेको छ। दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक एक घण्टा ढिलो गरी बसेको थियो।

बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको हो। त्यस्तै बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको छ।

Hardik ivf

यस्तै आजको बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गर्नुभएको थियो । बैठकामा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए। शून्य समयमा सत्तापक्षका पाँच जना र प्रतिपक्षका सात जनाले प्रदेश र राष्ट्रको वर्तमान अवस्थाका बारेमा आ–आधारणा व्यक्त गरेका थिए। बैठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान मुख्यमन्त्री एवं एमाले बागमती प्रदेशकी संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य, प्रदीपकुमार कटुवाल, शान्तिप्रसाद पौडेल, जुनेलीमाया श्रेष्ठ र देवकी श्रेष्ठ र विवेकशील साझा पार्टीका तीनमध्ये दलका नेता रमेश पौड्याल गरी सात जना प्रतिपक्षका सांसदहरू मात्रै उपस्थित थिए। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको बैठक अनिश्चितकालका लागि स्थगन भएको घोषणा गरे।

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्