Kathmandu Press

ठुलो परिमाणमा लागुऔषध बरामद

ठुलो परिमाणमा लागुऔषध बरामद

काठमाडाैं, असार १२ : सशस्त्र प्रहरीले नेपालगञ्जको सीमाना नजिकबाट आज अवैधरूपमा राखिएको ठूलो परिमाणमा लागुऔषध आज बरामद गरेको छ।

सशस्त्र प्रहरी बल जमुनाहबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको कमाण्डमा खटिएको टोलीले नेपालगञ्ज–१५ जमुनाह गाउँ नजिकै बेवारिसे अवस्थामा राखिएको ठूलो परिमाणको लागुऔषध ट्रमाडोल क्याप्सुल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिए।

Hardik ivf

सीमानाका नजिकै शङ्कास्पद तरिकाले प्लास्टिकमा बेरेर राखिएको अवस्थामा जाँचका क्रममा सशस्त्र प्रहरीले ४८० क्याप्सुल ट्रमाडोल लागुऔषध  बरामद गरेको प्रहरी निरीक्षक बुढाले बताए।
 
बरामद गरिएको लागुऔषध ट्रमाडोललाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिए।

हिजो पनि सशस्त्र प्रहरी जमुनाहले नेपालगञ्ज भन्सार कार्यालय अगाडिबाट एक जना र जमुनाह गाउँबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ। प्रहरीले एक सातायतादेखि निरन्तर लागुऔषध कारोबारमा सलग्न व्यक्तिलाई पक्राउ गर्दै आएको छ। 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्