Kathmandu Press

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङ, असार २९ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ।ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन...
वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङ, असार २९ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ।

ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो। नयाँ आर्थिक वर्ष २०७९/८० को साउन दुई गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालु आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत वितरण गरिनेछ।

त्यसका लागि कार्यतालिकासमेत बनेर सार्वजनिक गरिसकेको गोम्देनले जानकारी दिए। पालिकाको केन्द्रमा रहेको बैंकमार्फत सो भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदाजाँदा अनावश्यक खर्चसमेत हुने भन्दै वडाबाट प्रदान गरिने व्यवस्था गरिएको हो।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, असार २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्