कन्जरभेटिभ पार्टीको नेता चुन्न आठ उम्मेदवार प्रतिस्पर्धामा
लन्डन, असार २९ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामापछि रिक्त कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका छन्।पूर्व स्वास्थ्यमन्त्री साजिद...
लन्डन, असार २९ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामापछि रिक्त कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका छन्।
पूर्व स्वास्थ्यमन्त्री साजिद जाविद र अन्य दुई मन्त्रीहरू रहमान चिश्ती र ग्राण्ड शाप्स भने प्रतियोगिताबाट बाहिरिने निर्णय गर्नुभएको छ।
पहिलो चरणको प्रतिस्पर्धामा सबैसँग कम्तीमा २० जनाको समर्थन रहेकोले सबै प्रतिस्पर्धाका लागि योग्य मानिएका छन्।
टोरी पार्टीको नेताको उम्मेदवारीका लागि दर्ता प्रक्रिया पूरा भई स्थानीय समय अनुसार साँझ छ बजे समाप्त भएको छ।
मतदानको पहिलो चरणमा प्रवेश गर्न सफल सम्भावित दाबेदारहरूमा पूर्व मन्त्रीहरू ऋषि सुनाक, लिज ट्रस, नाधिम जाहवी, जेरेमी हन्ट, पेनी मोर्डनट, हाउस अफ कमन्सका अध्यक्ष टम टुजेन्हाट, इंग्ल्याण्ड र वेल्सका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यान र समानताका लागि भूतपूर्व राज्य मन्त्री केमी बाडेनोक देखिएका रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ।
पहिलो मतदानमा ३० जना सांसदको समर्थन सुरक्षित गर्न नसकेका कुनै पनि उम्मेदवारहरू दोस्रो चरको प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन्।












