Kathmandu Press

धनगढी उपमहानगरलाई प्रदेश सरकारले दियो स्वास्थ्य उपकरण 

धनगढी, असार २९ : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आज धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा विशेषज्ञ...
धनगढी उपमहानगरलाई प्रदेश सरकारले दियो स्वास्थ्य उपकरण 

धनगढी, असार २९ : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आज धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा विशेषज्ञ चिकित्सक सहित वडा क्लिनिक सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले सो उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेको हो । 

सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले नगरप्रमुख गोपाल हमाललाई एउटा अल्ट्रासाउन्ड मेसिन, रगत चेकजाँच गर्ने प्रोटटेबल ल्याब मेसिन र मुटुको जाँच गर्ने इसिजी मेशिन गरी रु साढे २५ लाख बराबरका उपकरण हस्तान्तरण गरे। 

Hardik ivf

हस्तान्तरण कार्यक्रममा मन्त्री बोहराले सामाजिक विकास मन्त्रालय हातेमालो गरी काम गर्न सदैव तत्पर रहेको बताए। नगर प्रमुख÷उपप्रमुखसँग सल्लाह गरेर मन्त्रालयले स्वास्थ्य शिविरका लागि सहयोग गर्ने उनको भनाइ छ। 

नगरप्रमुख हमालले कार्यक्रमलाई प्रभावकारी ढङ्गले प्राथमिकताका आधारमा अगाडि बढाउन सकिएको अवस्थामा जनतालाई प्रदेश र स्थानीय दुवै सरकारको अनुभूति हुने बताए। उपमहानगरपालिकाले १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्ने नीति लिएको छ। 

प्रकाशित मिति: १५:३३ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्