Kathmandu Press

वाग्मती प्रदेशसभाबाट पाँच अध्यादेश पारित

हेटौंडा, असार २९ : वाग्मती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ। प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र...
वाग्मती प्रदेशसभाबाट पाँच अध्यादेश पारित

हेटौंडा, असार २९ : वाग्मती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ। प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो। 

बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संसोधन) अध्यादेश २०७८, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संसोधन) अध्यादेश तथा प्रदेश युवा परिषद् (पहिलो संशोधन) अध्यादेश पारित गरेको हो। 

प्रकाशित मिति: १५:३० बजे, बुधबार, असार २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्