श्रीलंकाकामा प्रधानमन्त्री रनिल कार्यवाहक राष्ट्रपतिमा नियुक्त
काेलम्बाे, असार २९ : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन्। हजारौं प्रदर्शनकारीले सरकारी निवास घेरेपछि राष्ट्रपति गोटाबाया भागेका थिए। उनी भागेपछि...
काेलम्बाे, असार २९ : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन्।
हजारौं प्रदर्शनकारीले सरकारी निवास घेरेपछि राष्ट्रपति गोटाबाया भागेका थिए। उनी भागेपछि त्यहाँको संसदका सभामुखले विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन्। राजपक्षे माल्दिभ्समा गएको बसेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
रनिललाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेसँगै देशव्यापी विरोध प्रदर्शन सुरु भएको बिबिसीले जनाएको छ। प्रदर्शनकारीहरूले गोटाबायासँगै रनिलले पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाइएको छ।
अहिले श्रीलंकामा संकटकाल लगाइएको छ।
प्रकाशित मिति: १५:२२ बजे, बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

