Kathmandu Press

पाकिस्तान सडक दुर्घटनामा १० जनाको ज्यान गयो

इस्लामाबाद, असार २९ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा पिकअप भ्यान खाल्डोमा खस्दा १० जनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये...
पाकिस्तान सडक दुर्घटनामा १० जनाको ज्यान गयो

इस्लामाबाद, असार २९ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा पिकअप भ्यान खाल्डोमा खस्दा १० जनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएका छन्। 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार  खैबर पाख्तुनख्वा प्रान्तको स्वात जिल्लाको गबिन जब्बाको पर्यटकीय क्षेत्र नजिकै सडकबाट भ्यान खस्दा उनीहरूको ज्यान गएको हो।

चालकले गाडीमाथि नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा उद्धार टोली र स्थानीय स्वयंसेवकहरू घटनास्थलमा पुगेका तथा शव र घाइतेहरूको व्यवस्थापन गरिएको छ।

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्