Kathmandu Press

अज्ञात रोगले अफगानिस्तानमा २० बालबालिकाको मृत्यु

काठमाडाैं, असार २९ : अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको  मृत्यु भएको छ। बितेका दुई दिनमा  बाघरान जिल्लामा ती बालबालिकाको...
अज्ञात रोगले अफगानिस्तानमा २० बालबालिकाको मृत्यु

काठमाडाैं, असार २९ : अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको  मृत्यु भएको छ। 

बितेका दुई दिनमा  बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए।

दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ। बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोछ। अधिकारीले बताए।

अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय  रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन्।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, असार २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्