नेशनल स्काउट स्मारिका लोकार्पण
काठमाडौं, असार २५ : नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्युले आफ्नो १०औं वार्षिकोत्सवकोे उपलक्ष्यमा स्काउट सम्बन्धि क्रियाकलापहरू सबै सामु पुर्याउने अभिप्रायले “नेसनल स्मारिका”...
काठमाडौं, असार २६ : नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्युले आफ्नो १०औं वार्षिकोत्सवकोे उपलक्ष्यमा स्काउट सम्बन्धि क्रियाकलापहरू सबै सामु पुर्याउने अभिप्रायले “नेसनल स्मारिका” प्रकाशन गरेको छ । उक्त स्मारिका कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतित्थ्यता र नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहलको बिशेष आतित्थ्यतामा लोकार्पण भएको थियो ।
मुलपानी स्थित बाल गीतान्जली स्कुलको प्राङणमा आयोजित सो समारोहमा प्रमुख अतिथी उपेन्द्र कार्कीले नगरभित्र रहेका सम्पूर्ण बिद्यालयहरुमा स्काउटिङ गतिबिधी सन्चालन गराउन आवश्यक सहयोग पुर्याउन आफु प्रतिबद्द रहेको जानकारी गराएका थिए । त्यसैगरि विशेष अतिथि दाहालले नेपाल स्काउट विसम परिस्थितिबाट गुज्रिएको वर्तमान अवस्थामा युवा स्काउटहरु सचेत भएर अघि बढ्नु पर्ने बताएका थिए । उनले नेसनल स्मारिकाले नेपाल स्काउटमा नयाँ आयाम थपेको भन्दै खुसि व्यक्त गरे।
त्यस्तै अर्का विशेष अतिथि कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भिमसेन थापा द्वारा क्र्युमा स्काउटिङ गतिविधी सञ्चालन गराउन आफूले सकेको सहयोग गर्ने बताए।

क्र्युका अध्यक्ष महेन्द्रराज घिमिरेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा तालिम दल अध्यक्ष विदुर गिरिले १० बर्ष अघि स्थापना गरे सँगै संकल्प गरेको स्मारिका लोकार्पण गरी प्रशादको रुपमा पस्कने मौका मिलेको भन्दै स्मारिका प्रकाशन कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिए ।
"Better Scouting for Betterment of Nation" भन्ने नारालाई मुल मन्त्र मानेर काठमाडौं जिल्लाको कागेश्वरी नगरपालिका एरिया भित्र छरिएर रहेका युवायुवतिहरु लाई आफ्नो परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा नै सकारात्मक भुमिका निर्वाह गर्न सक्ने सक्षम पार्दै शिप तथा ज्ञान प्रदान गर्ने कार्यमा कुनै कसर बाँकी नराखी क्र्युमा रहेका रोभर रेन्जरहरुको बौद्धिक क्षमता अभिवृद्धी गराउने उद्देश्य अनुरुप प्रकाशित स्मारिकाको सबैले खुलेर प्रसंशा गरेका थिए ।
कार्यक्रममा कागेश्वोरी नगरपालिकाका विभिन्न क्षेत्रका समाजसेवी तथा नेपाल स्काउटका विभिन्न ट्रुप र क्र्युका लिडर तथा नेपाल स्काउटका विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।













