Kathmandu Press

श्रीदेवीको अवार्ड लिँदा बोनीले खसाले आँशु

नयाँ दिल्ली, मंसिर २ : बलिउड अभिनेत्री स्वर्गीय श्रीदेवीका पति बोनी कपूर त्यतिवेला निकै भावुक बने जब उनकी पत्नीलाई साउथ सिनेमाको प्रतिष्ठित एएनआर नेशन....

श्रीदेवीको अवार्ड लिँदा बोनीले खसाले आँशु
फाइल फोटो

नयाँ दिल्ली, मंसिर २ : बलिउड अभिनेत्री स्वर्गीय श्रीदेवीका पति बोनी कपूर त्यतिवेला निकै भावुक बने जब उनकी पत्नीलाई साउथ सिनेमाको प्रतिष्ठित एएनआर नेशनल अवार्डले सम्मानित गरियो।

मरणोपरान्त प्रदान गरिएको यो पुरस्कार साउथका प्रख्यात एक्टर तथा निर्माता अक्कीनेनी नागेश्वर रावको नाममा दिइँदै आएको छ। यस वर्ष यो पुरस्कारका लागि श्रीदेवीलाई छनौट गरिएको थियो।

बलिउडसँगै दक्षिण भारतीय फिल्ममा पनि योगदान गरेकी श्रीदेवीलाई प्रदान गरिएको एएनआर नेसनल अवार्ड ग्रहण गर्न श्रीदेवीका पति बोनी कार्यक्रममा उपस्थित भएका थिए। श्रीदेवीलाई प्रदान गरिएको अवार्ड ग्रहण गरेपछि  बोल्ने क्रममा बोनी निकै भावुक बने। उनका आँखा रसाए। त्यतिवेला कार्यक्रमको माहोल नै स्तब्ध बनेको थियो।

अवार्ड ग्रहण गरेपछि बोनीले श्रीदेवीको फिल्म यात्रा र निजी जीवनबारे बोलेका थिए। उनले भने, ‘मलाई विश्वास छ कि यो पुरस्कार प्राप्त गरेपछि उनी पक्कै कृतज्ञता व्यक्त गर्थिन होली! त्यसैले म पनि विनम्रतापूर्वक श्रीदेवीको तर्फबाट यो अवार्ड स्वीकार गर्छु।’

कार्यक्रममा श्रीदेवीसँगै रेखालाई पनि साउथ फिल्ममा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो। रेखाले पनि आफ्नो मन्तव्यका क्रममा श्रीदेवीको प्रशंसा र सम्झना गरेकी थिइन्।

श्रीदेवीले चार वर्षकै उमेरमा साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी थिइन्। उनले कयौं साउथ फिल्ममा चर्चित स्टारसँग भूमिका निर्वाह गरेकी थिइन्। श्रीदेवीको २४ फरबरी २०१८ मा दुबईमा निधन भएको थियो।

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, मंसिर २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्