Kathmandu Press

बिमा गरेर पनि नेपालीले उपचार नपाएकाे भन्दै संसद विश्वकर्माद्वारा चिन्ता व्यक्त

काठमाडाैं, असार २९ : प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बिमा गरेर पनि लाखौं नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ।बैठकमा समय लिएर नेपाली...
बिमा गरेर पनि नेपालीले उपचार नपाएकाे भन्दै संसद विश्वकर्माद्वारा चिन्ता व्यक्त

काठमाडाैं, असार २९ : प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बिमा गरेर पनि लाखौं नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ।

बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बिमा गरेर पनि सोहीअनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गरेका हुन्। 

उनले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताए।  उनले नेपाल राष्ट्र बैंकका गभर्नरले सेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गरे।

प्रकाशित मिति: १३:११ बजे, बुधबार, असार २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्