Kathmandu Press

अर्ध जलेको अवस्थामा भेटियो महिलाको शव

महोत्तरी, असार २९ : महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा अर्ध जलेको अवस्थामा महिलाको शव भेटिएको भएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी...
अर्ध जलेको अवस्थामा भेटियो महिलाको शव

महोत्तरी, असार २९ : महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा अर्ध जलेको अवस्थामा महिलाको शव भेटिएको भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार अन्दाजी वर्ष २५ की महिलाको शव जलेको अवस्थामा भेटिएको हो। शवको सनाखत हुन कसेको छैन।

महिलाको अनुहारलगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा शव भेटिएका छ। शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको पंगेनीले बताए।

प्रकाशित मिति: ०७:१६ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्