Kathmandu Press

श्रीलङ्काको टेम्पल ट्रीमा प्रदर्शनकारी समूहबीच झडप हुँदा १० जना घाइते

कोलम्बो, असार २८ : कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् र पछि अस्पताल भर्ना भएका छन्।घाइते नौ...
श्रीलङ्काको टेम्पल ट्रीमा प्रदर्शनकारी समूहबीच झडप हुँदा १० जना घाइते

कोलम्बो, असार २८ : कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् र पछि अस्पताल भर्ना भएका छन्।

घाइते नौ पुरुष र एक महिलालाई उपचारको लागि भर्ना गरिएको  छ। तीमध्ये छ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएकोडेली मिररले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ। दुई जना घाइते बने उपचारपछि डिस्चार्ज भइसकेका छन्।

Hardik ivf

देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको छ र पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएका  समाचार सार्वजनिक भएका छन्।

शनिबार हजारौं मानिस  विरोध प्रदर्शन गर्दै  फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका थिए। यसअघि शनिबार सभामुख महिन्दा यापा आबेवर्देनाले पत्रकार सम्मेलनमा राष्ट्रपतिले जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि विरोध प्रदर्शनका बीच आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले आफुहरु नआएसम्म घर कब्जा गरिरहने स्पष्ट पारेका छन्।

श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।

तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द छन् घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले अभाव बढाएको छ।

विनिमय सञ्चिति र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो।

प्रकाशित मिति: २०:४३ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्